काठमाडौं । नेपालमा विद्यालय यातायात सुरक्षित, दिगो र भरपर्दो र बालबालिकाको सुरक्षालाई प्राथमिकतामा राख्न दिगो डाँफे विद्युतीय स्कुल भ्यान सबैभन्दा उपयुक्त समाधान बनेको छ । पाँच वर्षभन्दा लामो समयदेखि नेपाली सडकमा सफलतापूर्वक सञ्चालन हुँदै आएको यो भ्यानले चार लाख किलोमिटरभन्दा बढी यात्रा पूरा गरिसकेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार दिगो डाँफे पूर्णरूपमा मेटल बडीबाट निर्मित भएकाले बलियो र टिकाऊ छ । यसमा रहेको एबीएस र ईबीडीसहितको उन्नत ब्रेकिङ प्रणालीले आकस्मिक परिस्थितिमा सुरक्षित ब्रेकिङ सुनिश्चित गर्छ । नेपालका विविध भूगोललाई ध्यानमा राख्दै यसको एक सय ८८ मिमी ग्राउन्ड क्लिरेन्स राखिएको छ । यसले कच्ची र असमान सडकहरूमा सहज यात्राको अनुभव दिन्छ । साथै, ६० किलोवाटको शक्तिशाली मोटर रहेको यो भ्यान स्कुल यातायातको लागि एकदमै भरपर्दो साबित भएको छ । धेरै विद्यालयहरू ठूला बसहरू प्रयोग गर्नुपर्ने भएकाले विद्यार्थीहरूलाई टाढाको पिकअप प्वाइन्टसम्म जान बाध्य पारिन्छ । जसले साना बच्चाहरूका लागि असुविधा र जोखिम बढाउँछ ।
दिगो डाँफे ११ सिट क्षमतासहितको मध्यम आकारका कारण साँघुरा गल्ली र आवासीय क्षेत्रमा सजिलै पुग्न सक्छ, यसले गर्दा विद्यालयले विद्यार्थीहरूलाई सिधै घरबाटै ल्याउन र पुर्याउन सक्छन् । कम्पनीका अनुसार एक पटकको चार्जमा दिगो डाँफेले तीन सय किलोमिटरको रेन्ज प्रदान गर्छ । यसले बारम्बार चार्ज गर्ने झन्झट हटाएर विद्यालयहरूलाई लामो दूरीको यात्रा सहज बनाउँछ । यसमा रहेको सीएटीएल निर्मित लिथियम आयन फस्फेट ब्याट्रीले उच्च कार्यक्षमता र टिकाउपन प्रदान गर्छ । कम्पनीले तीन लाख किलोमिटर वा पाँच वर्षको वारेन्टी दिएकाले विद्यालयहरू ढुक्क भएर लामो समयसम्म यो भ्यान प्रयोग गर्न सक्छन् ।
विद्यालय तथा यातायात व्यवसायीहरूलाई सहज पहुँच उपलब्ध गराउने उद्देश्यले दिगो डाँफे अब ८० प्रतिशतसम्मको फाइनान्स सुविधासहित उपलब्ध छ । न्यून अग्रिम भुक्तानीमा प्राप्त गर्न सकिने यो भ्यान विद्यालयहरूका लागि आर्थिकरूपमा पनि लाभदायक विकल्प बनेको छ । साथै, पुराना गाडी साटेर नयाँ दिगो डाँफे खरिद गर्न सकिने एक्सचेन्ज सुविधा पनि उपलब्ध छ, जसले नयाँ विद्युतीय प्रविधि अपनाउन विद्यालयलाई थप सहज बनाउँछ । डिजल र पेट्रोलमा निर्भरता घटाउँदै विद्युतीय स्कुल भ्यानको प्रयोगले विद्यालयलाई केवल आर्थिकरूपमा मात्र होइन, वातावरणीयरूपमा पनि फाइदा पुर्याउने कम्पनीको दाबी छ ।