काठमाडौं । स्किल सेवाले राष्ट्रिय घर निर्माण फेस्ट २०८१ (महोत्सव) को आयोजना गर्ने भएको छ । महोत्सव आगामी फागुन १५, १६ र १७ गते काठमाडौंस्थित बुद्धनगरको क्लालिटी ब्यान्क्वेटमा आयोजना गर्न लागिएको हो ।
महोत्सवको प्रमुख उद्देश्य नयाँ घर निर्माण एवं पुराना घर र कारको मर्मत सम्भारको लागि आवश्यक ज्ञान, सीप प्रविधिबारे चेतना जगाउनु रहेको जनाइएको छ । घर व्यक्तिका लागि आफू बस्ने सबैभन्दा मूल्यवान सम्पत्ति भएकाले यो सम्पत्तिलाई अधिकभन्दा अधिक भरपर्दो, सुरक्षित एवं दिगो बनाउन जरुरी हुने र महोत्सवले यही आवश्यकतालाई प्रभावकारी ढंगले परिपूर्ति गर्ने अपेक्षा आयोजकको रहेको छ । घर निर्माण फेस्टमा घरधनी, निर्माण व्यवसायी, इन्जिनियर, काठमाडौं उपत्यकका नगरपालिकाहरू वास्तुकलाविद्, उद्यमी, विद्यार्थीलगायतका अन्य इच्छुक व्यक्तिहरूले एउटै छानामुनि घर निर्माण एवं मर्मत सम्भारको बारेमा छलफल, अन्तत्र्रिmया गर्न सक्ने बताइएको छ ।
फेस्टको मुख्य आकर्षणहरू सस्तो घर, बलियो घर, निर्माणसम्बन्धी मापदण्ड र निमार्णसम्बन्धी अत्याधुनिक प्रविधिको प्रयोग रहेको छ । घरको आधुनिक र पुराना डिजाइन, खाली ठाउँ, बिजुली, हावापासको उचित प्रयोगलगायतका विषयमा पनि महोत्सवमा छलफल हुने बताइएको छ । महोत्सवमा घरको आधुनिक र पारम्परिक डिजाइन, खाली ठाउँ, बिजुली, हावापासको उचित प्रयोग, गुणस्तरीय विचारहरूलाई प्रस्तुत गर्ने र लगानी जुटाउने अवसर पनि प्रदान गरिने बताइएको छ ।