काठमाडौं ।अधिकांश वाणिज्य बैंकहरूले फागुन महिनामा माघकै ब्याजदरलाई निरन्तरता दिएका छन् । सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकमध्ये १८ वटाले व्यक्तिगत मुद्दती निक्षेपतर्फ माघ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । ग्लोबल आईएमई बैंकले ब्याजदर घटाएको छ भने लक्ष्मी सनराइज बैंकले घटाएको छ ।
ग्लोबल आईएमईले शून्य दशमलव २५ प्रतिशत विन्दु ब्याजदर बढाएर छ प्रतिशत पु¥याएको छ । यस्तै लक्ष्मी सनराइज बैंकले शून्य दशमलव २५ प्रतिशत विन्दु घटाएर पाँच दशमलव ५० प्रतिशत ब्याज दिने भएको छ । ग्लोबल आईएमई र लक्ष्मी सनराइज बैंकले माघ महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा शून्य दशमलव ७५ प्रतिशत ब्याज दिएका थिए ।
बाँकी १८ वटा बैंकहरूले फागुन महिनाका लागि माघकै ब्याजदरलाई निरन्तरता दिएका छन् । नबिल बैंकले व्यक्तिगत मुद्दतीमा फागुन महिनामा पाँच दशमलव ७५ प्रतिशतसम्म ब्याज दिने भएको छ । माघ महिनामा पनि नबिलको ब्याजदर यही थियो । माछापुच्छ«े र एनआईसी एसिया बैंकले पनि व्यक्तिगत मुद्दती निक्षेपतर्फ माघ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । यी दुई बैंकको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर क्रमशः छ प्रतिशत र छ दशमलव छ प्रतिशत रहेको छ । एनएमबी र सिटिजन्स बैंक इन्टरनेशनलले पनि फागुन महिनाको लागि माघ महिनाकै ब्याजदरदलाई निरन्तरता दिएका छन् ।
फागुन महिनाको लागि यी बैंकहरूको ब्याजदर क्रमशः छ दशमलव ६० र पाँच दशमलव ६५ प्रतिशत तोकेका छन् । कृषि विकास बैंकले फागुन महिनामा पाँच दशमलव ५१ प्रतिशत ब्याजदर दिने भएको छ ।कुमारी, प्राइम कमर्सियल, नेपाल इन्भेष्टमेन्ट मेगा र हिमालयन बैंकले पनि व्यक्तिगत निक्षेपतर्फ फागुन महिनाको लागि माघ महिनाकै ब्याजलाई निरन्रता दिएका छन् । सोअनुसार यी बैंकहरूले फागुन महिनाको लागि व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर क्रमशः पाँच दशमलव ९१, छ दशमलव २५, छ दशमलव ५० र छ दशमलव २५ प्रतिशत तोकेका छन् ।
नेपाल एसबीआई बैंक, एभरेष्ट, सिद्र्धाथ, सानिमा र नेपाल बैंकले पनि व्यक्तिगत मुद्दती निक्षेपतर्फ माघ महिनाकै ब्याजलाई निरन्तरता दिएका छन् । सोअनुसार यी बैंकहरूले फागुन महिनाको लागि क्रमशः पाँच दशमलव ५०, छ, छ, छ दशमलव शून्य पाँच र पाँच दशमलव ६० प्रतिशत ब्याजदर तोकेका छन् । फागुन महिनाको लागि प्रभु, स्टान्डर्ड चार्टर्ड र राष्ट्रिय वाणिज्य बैंकले पनि माघ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । सोअनुसार यी बैंकहरूको फागुन महिनाको लागि व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर क्रमशः छ दशमलव १०, छ दशमलव २५ र छ प्रतिशत तोकेका छन् ।