काठमाडौ, जनकपुरमा सोमबार सम्पन्न ‘बजाज माइलेज च्याम्पियन’मा १०२ जना प्लाटिना राइडरहरूले सहभागिता जनाएका छन् । आफ्नो प्लाटिना मोटरसाइकलको उच्चतम माइलेज क्षमता प्रदर्शन गर्न जनकपुरका चालकहरू यस बजाज माइलेज च्याम्पियनमा सहभागी भएका थिए ।
जनकपुरको बाह्र बिघामा आयोजित उक्त माइलेज च्याम्पियनमा सहभागी चालकहरूले न्यूनतम लागतमा सबैभन्दा धेरै दूरी तय गर्ने लक्ष्यसहित प्रतिस्पर्धा गरेका थिए । माइलेज च्याम्पियनमा मोहन कुमार महतोले ९३ दशमलव छ किमि प्रतिलिटरको प्रभावशाली प्रदर्शन गर्दै पहिलो स्थान हासिल गरेका थिए ।
त्यस्तै, ८८ दशमलव दुई किमि प्रतिलिटरको प्रदर्शनका साथ सिद्धान्त प्रसिद्ध शाह दोस्रो स्थानमा रहेका थिए भने ८६ दशमलव चार चार किमि प्रतिलिटरको प्रदर्शन गर्दै राहुल कुमार शाह तेस्रो स्थानमा रहेका थिए । यो कार्यक्रमले बजाज प्लाटिनाको इन्धन बचत र भरपर्दो विशेषताहरूलाई झल्काउनुका साथै बजाजप्रेमीहरूबीच समुदाय र मैत्रीपूर्ण प्रतिस्पर्धाको भावना पनि प्रवद्र्धन गरेको छ ।