लुम्बिनी विकास बैंकले होटल वृन्दावन प्रालिमा आफ्ना ग्राहकहरूलाई विभिन्न सेवा तथा सुविधाहरूमा छुट दिनका लागि सम्झौता गरेको छ । होटल वृन्दावन प्रालि पर्सा जिल्लाको वीरगञ्ज उपमहानगरपालिका वार्ड नं १० मा अवस्थित छ ।
सम्झौतामा उल्लेख भएअनुसार लुम्बिनी विकास बैंकका सम्पूर्ण ग्राहकलाई होटल वृन्दावन प्रालिका विभिन्न सेवा तथा सुविधाहरूमा ३० प्रतिशतसम्म छुट प्रदान गर्नेछ । होटल वृन्दावन प्रालिको विभिन्न सेवा तथा सुविधाअन्तर्गत ग्राहकहरूले खानाका परिकार तथा पेय पदार्थहरूमा १० प्रतिशतमा साथै होटल कोठाहरूको शुल्कमा ३० प्रतिशतसम्म छुट लिन सक्ने छन् ।
सम्झौतापत्रमा लुम्बिनी विकास बैंकको तर्फबाट वीरगञ्ज शाखाका प्रबन्धक कृष्ण कुमार महतो र होटल वृन्दावनको तर्फबाट प्रबन्ध निर्देशक पप्पु सराफले संयुक्तरूपमा हस्ताक्षर गरेका छन् । देशका सात वटै प्रदेशमा शाखा सञ्चालन गरी कारोबार गर्दै आइरहेको बैंकले विभिन्न स्थानहरूमा गरी ८९ वटा शाखा कार्यालयहरू तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउन्टर) रहेको छ । बैंकले ‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नवीनतम प्रविधिसहितको सुरक्षित बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।