काठमाडौं, साउन ७
नबिल बैंक र नेपाल स्टक एक्सचेन्ज (नेप्से) बीच सेयर सूचीकरणसम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार नबिल बैंकको अंकित तथा चुक्ता मूल्य एक हजार रुपैयाँ कायम भएको २० लाख थान १० प्रतिशत नबिल डिबेन्चर २०८२ मंगलबार नेप्सेमा सूचीकृत भएको हो । सम्झौतामा बैंकका तर्फबाट प्रमुुख कार्यकारी अधिकृत अनिलकेशरी शाह र नेप्सेका तर्फबाट प्रमुुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले हस्ताक्षर गरेका हुुन् ।
बैंकले सर्वसाधारण समक्ष लक्ष्मी क्यापिटल मार्केट लिमिटेडमार्फत् २० लाख थान १० प्रतिशत नबिल डिबेन्चर २०८२ खुल्ला बिक्री आह्वान गरेको थियो । यसरी सर्वसाधारणमा वितरण गरिएको २० लाख थान ऋणपत्र वितरण भई नेप्सेमा सूचीकृत भएको हो । बैंकले हाल देशभर फैलिएका आफ्ना एक सय १८ वटा शाखा कार्यालयहरू, एक सय ७५ वटा एटीएम काउन्टर र १५ सयभन्दा बढी नबिल रेमिट एजेन्टमार्फत वित्तीय सेवा उपलबध गराउँदै आएको छ ।