काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश वितरणको घोषणा गरेको छ । कम्पनीको यही माघ २९ गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले २१ दशमलव शून्य पाँच प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

कम्पनीका अनुसार सञ्चालक समितिको बैठकले गरेको लाभांश वितरणको निर्णय नियमनकारी निकाय नेपाल बीमा प्राधिकरण र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउने छ ।