काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको आम्दानीसँगै खुद नाफामा चार सय प्रतिशतले वृद्धि भएको छ ।
कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म पाँच करोड ३७ लाख रूपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले अघिल्लो आवको सोही अवधिसम्म खुद नाफा एक करोड ६३ लाख रूपैयाँ आर्जन गरेको थियो । समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी दुई सय नौ दशमलव ९४ प्रतिशतले बढ्दै आठ करोड एक लाख रूपैयाँ पुगेको हो । कम्पनीको कुल खर्च ९८ लाख ६७ हजार रूपैयाँ रहेको छ । जुन अघिल्लो आवमा ५४ लाख ९१ हजार रूपैयाँ थियो । कम्पनीको रिटेन्ड अर्निङ १० करोड ५५ लाख रूपैयाँ रहेको छ । यस्तै, कम्पनीको कुल चालु सम्पत्ति ३८ करोड १४ लाख र कुल चालु दायित्व एक करोड ४१ लाख रूपैयाँ रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानीमा उल्लेख्य सुधार आएको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म दुई दशमलव ६७ रूपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी बढेर आठ दशमलव ३७ रूपैयाँ पुगेको छ । साथै, कम्पनीको प्रतिसेयर नेटवर्थ एक सय ७२ दशमलव १० रूपैयाँ र मूल्य आम्दानी अनुपात एक सय ३५ दशमलव ६५ गुणा कायम भएको छ ।