काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी ‘भायानेट’ अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपको शीर्ष प्रायोजक बनेको छ । फाल्गुन ५ देखि १४ गतेसम्म दशरथ रंगशालामा आयोजना हुने महिला फुटबल च्याम्पियनसिपको भायनेट शीर्ष प्रायोजक बनेको हो ।
भायानेट र प्रतियोगिताको व्यावसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्रान्ड डिजिटल लजिक प्रालिले हालै एक कार्यक्रमका बीच मुख्य प्रायोजकसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । नेपाली फुटबलको विकासमा योगदान पुर्याउने उद्देश्यसहित यो प्रायोजन गरिएको भायानेटले जनाएको छ । प्रतियोगितामा नेपालसहित कीर्गिस्तान, लेबनान र म्यानमारका राष्ट्रिय महिला टोलीहरूले प्रतिस्पर्धा गर्नेछन् ।
भायानेटका कमर्सियल एन्ड मार्केटिङ विभागका उपाध्यक्ष शहिन श्रेष्ठले खेलकुद, मनोरञ्जन र इन्टरनेट आपसमा गासिएका क्षेत्रहरू रहेको बताए । ‘ठूला खेलकुद प्रतियोगिताका बेला इन्टरनेट र टिभीको प्रयोग उल्लेखनीयरूपमा बढ्छ । हाल नेपाली क्रिकेट र फुटबलमा देखिएको प्रगति र दर्शकहरूको माया उत्साहजनक छ’, उनले भने, ‘हामी यस यात्रालाई अझ बलियो बनाउन चाहन्छौं । नेपाली टिमलाई अझ उचाइमा पुर्याउन हाम्रो निरन्तर साथ रहनेछ ।’ भायानेट यसअघि पनि विभिन्न सामाजिक महत्वका कार्यक्रमहरूमा सहभागी हुँदै आएको छ ।