काठमाडौं । सामसङ नेपालले आफ्नो ग्यालेक्सी एस२५ सिरिजको प्रि–अर्डरमा नयाँ रेकर्ड कायम भएको घोषणा गरेको छ । ग्यालेक्सी एस२४ सिरिजको तुलनामा यस पटकको प्रि–अर्डर ६० प्रतिशतले बढी भएको हो ।
कम्पनीका अनुसार शुक्रबारदेखि ग्यालेक्सी एस२५ सिरिज सबै सामसङ आधिकारिक स्टोरहरूमा उपलब्ध हुनेछन् । ग्यालेक्सी एस२५ अल्ट्रा टाइटेनियम सिल्भरब्लु, टाइटेनियम ब्ल्याक, र टाइटेनियम ह्वाइटसिल्भर रङ्गमा उपलब्ध हुनेछ । दुई भेरियन्ट १२ जीबी-५१२ जीबी र १२ जीबी-२५६ जीबी स्टोरेज क्षमतामा उपलब्ध हुने यो फोनको मूल्य नेपालमा क्रमशः एक लाख ९९ हजार नौ सय ९९ रूपैयाँ र एक लाख ८४ हजार नौ सय ९९ रूपैयाँ रहेको छ । यस्तै, ग्यालेक्सी एस२५ प्लस र ग्यालेक्सी एस२५ नेभी, सिल्भर स्याडो, र आइसिब्लु रङ्गमा उपलब्ध हुनेछन् । १२ जीबी-२५६ जीबी स्टोरेजमा उपलब्ध रहेको ग्यालेक्सी एस२५ को मूल्य एक लाख ४१ हजार नौ सय ९९ रूपैयाँ तोकिएको छ ।
कम्पनीको ग्यालेक्सी एस२५ भने १२ जीबी-२५६ जीबी र १२ जीबी-१२८ जीबी स्टोरज क्षमतामा उपलब्ध हुनेछ । यसको मूल्य क्रमशः एक लाख १४ हजार नौ सय ९९ रूपैयाँ र एक लाख चार हजार नौ सय ९९ रूपैयाँ तोकिएको छ । सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापित नयाँ एस सिरिज ग्यालेक्सी एस२५ अल्ट्रा, ग्यालेक्सी एस२५ प्लस र ग्यालेक्सी एस२५ ले अपार लोकप्रियता हासिल गरेको बताए । यी स्मार्टफोनहरूले वास्तविक एआई सहायकको नयाँ मापदण्ड स्थापित गर्दै प्रयोगकर्ताहरूलाई सहज र सन्दर्भ अनुकूल मोबाइल अनुभव प्रदान गर्छन् ।
कम्पनीका अनुसार ग्यालेक्सी एस२५ सिरिजमा एआई एजेन्टहरू वन युआई ७ प्लेटफर्मसँग मिलेर काम गर्छन् । ग्यालेक्सी एस२५ सिरिजमा प्रयोग भएको ग्यालेक्सीको लागि बनेको स्न्यापड्रागन ८ एलिटले अन–डिभाइस प्रोसेसिङलाई उच्च बनाउँदै अधिक प्रतिक्रियाशील एआई अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ । ग्यालेक्सीका लागि विशेष रूपमा कस्टमाइज गरिएको प्रोस्केलर र सामसङ डिजिटल न्याचुरल इमेज इन्जिन (एमडीएनआईई) प्रविधिले एआई–आधारित इमेज प्रोसेसिंगमा सुधार गर्छ र ब्याट्री खपतलाई प्रभावकारी बनाउँछ । ग्यालेक्सी एस२५ अल्ट्राको नयाँ ५० एमपी अल्ट्रावाइड क्यामेराले हरेक कोणबाट अद्वितीय स्पष्टताका साथ फोटो खिच्ने क्षमता दिन्छ ।
साथै, यो सिरिज कन्टेन्ट क्रेदेन्सियल्स समर्थन गर्ने पहिलो स्मार्टफोन सिरिज हो, जुन कोओलिसन फर कन्टेन्ट प्रोभेनेन्स एन्ड अठेन्तिसिती (सी२पिए) को प्रविधिमा आधारित छ । यसका माध्यमबाट डिजिटल कन्टेन्टको विश्वसनियता बढाउन मद्दत पुग्छ । सामसङले एआई–आधारित कन्टेन्ट निर्माणलाई पारदर्शी बनाउन यस मानकलाई अवलम्बन गरेको छ । सामसङले ग्यालेक्सी एस२५ सिरिजका सबै स्मार्टफोनहरूमा छ महिनासम्म जेमिनी एडभान्स्ड सेवा र २ टीबी क्लाउड स्टोरेज निःशुल्क प्रदान गर्नेछ । जेमिनी एड्भान्स्डमा सामसङको सबैभन्दा शक्तिशाली एआई मोडेलहरू उपलब्ध छन् । साथै, सामसङ स्टोरहरूमा उपलब्ध हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडद्वारा सञ्चालन गरिएको सामसङ इन्स्टा फाइनान्स सेवामार्फत पाँच हजार दुई सय ५० रूपैयाँ महिनादेखि सुरु हुने शून्य प्रतिशत व्याजदरमा सरल ईएमआईमा नयाँ फोन प्राप्त गर्न सक्नेछन् ।