काठमाडौं । इभेन्ट सोलुसन प्रालिले स्थापनाको १०औँ वार्षिकोत्सव मनाएको छ । ललितपुरको ज्वागलस्थित इभेन्ट सोलुसनको कार्यालय परिसरमा बुधबार विशेष कार्यक्रमको आयोजना गरी इभेन्ट सोलुसनले वार्षिकोत्सव मनाएको हो ।
वार्षिकोत्सवको अवसरमा इभेन्ट सोलुसनले स्थानीय स्काउट, बाराही टोल विकास समिति, ललितपुर महानगरपालिका १० नम्बर वडा कार्यालयसँगको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा सहभागी ८० जनाभन्दा धेरैले रक्तदान गरेका छन् । कम्पनीका अध्यक्ष सुनिल भण्डारीले १० वर्षे यात्राका क्रममा विभिन्न किसिमका एक्स्पो आफैँले आयोजना गर्दै आएको जानकारी दिए । ‘बि अ गेस्ट एट योर ओन इभेन्ट’ भन्ने नाराका साथ सेवा प्रवाह गर्दै आएको कम्पनीका प्रबन्ध निर्देशक विजय सागर प्रधानले बताए । इभेन्ट सोलुसनले साना–ठूला सबै किसिमका कार्यक्रम, प्रदर्शनीलगायतका इभेन्ट व्यवस्थापन तथा त्यसका लागि आवश्यक वस्तु तथा सेवा उपलब्ध गराउँदै आएको छ ।