काठमाडौं । चितवनको मुग्लिन–नारायणगढ सडकखण्डबाट इच्छाकामना गाउँपालिका–५, कालीखोलास्थित डिभाइडरमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक त्रिशूलीमा खसेका छन् ।
वाग्मती प्रदेश ०६–०२प ९२०४ नम्बरको मोटरसाइकल नारायणगढबाट मुग्लिनतर्फ आउँदै गर्दा शुक्रबार दिउँसो डिभाइडरमा ठोक्किएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरका एसपी नरेशराज सुवेदीले बताए ।
लमजुङ घर भई चितवनको रामनगरमा बस्दै आएका रोहित रानाको नागरिकता र भारतीय आर्मीको कार्ड मोटरसाइकल फेला परेको ठाउँमा भेटिएको सुवेदीले बताए । ती चालकको पहिचान नभएको हुँदा त्रिशूली नदीमा उनको खोजी कार्य भइरहेको छ ।