काठमाडौं । आगोको ज्वालाले बेलुन फुट्दा घाइते भएका उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ ।
पोखरा भ्रमण वर्ष, २०२५ को उद्घाटनका क्रममा रिमोर्टबाट दीप प्रज्वलनपछि बेलुन उडाउने क्रममा आगोको ज्वालाले बेलुनमा टिपेपछि बेलुन पड्किएको थियो । आगोमा परेपछि अर्थमन्त्री पौडेल र मेयर आचार्यको शरीरमा आगो सल्किएको थियो ।
अर्थमन्त्री पौडेल र आचार्यलाई पोखरामा प्रारम्भिक उपचारपछि शनिबिार दिउँसो साढे तीन बजे बर्न अस्पताल ल्याइएको थियो । मन्त्री पौडेलको हत्केला र अनुहार जलेको छ । अस्पतालले अर्थमन्त्री पौडेल र मेयर आचार्यको अनुहारमा पाँच÷छ प्रतिशतसम्म जलन भएकोे जनाएको छ । अनुहारमा जलन हुँदा स्वासनली र फोक्सोमा असर पर्नसक्ने सम्भावना रहेकोले उच्च निगरानीमा उपचार गरिरहेको अस्पतालले जनाएको छ ।
मन्त्री पौडेलको हत्केला र अनुहार जलेको छ । यद्यपि अवस्था भने जोखिममुक्त रहेको अस्पतालले जनाएको छ । दुवै जनालाई पोखरामा प्राथमिक उपचारपछि कीर्तिपुरस्थित बर्न अस्पतालमा ल्याइएको हो ।