काठमाडौँ । प्रतिनिभिसभाको आइतबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीबाट सांसद्हरुले सोधेका प्रश्नको जवाफ दिने क्रम सुरु भएको छ ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको नियमावली, २०७९ परिच्छेद ९ बमोजिम जवाफ दिन थालेका हुन् । आजका लागि १० सांसदले प्रश्न सोध्ने कार्यसूची रहेको छ ।