काठमाडौंको दरबारमार्गमा रहेको होटल अन्नपूर्णकी कार्यकारी निर्देशक सृजना राणा दम्पतीको विदेशी मुद्रा अपचलनको अनुसन्धान अघि बढ्ने भएको छ ।
तत्कालीन राजा त्रिभुवनले आफ्ना महारानीहरु र एक बुहारीको नाममा खोलेको दरबारमार्गमा रहेको होटल डेला अन्नपूर्ण राजपरिवारको वंशनाशपछि सोझै नेपाल ट्रस्टको नाममा जानुपर्ने जालसाजी गरेर कपिल राणा र सृजना मल्लको नाममा सारेर राइदाई गरेका कपिल दम्पतीले होटल अन्नपुर्णको हिमालयन बैंकमा रहेको डलर खाताको रकम निकालेर हुण्डीमार्फत ३२ लाख अमेरिकन डलर बेलायत पु¥याएका थिए ।
त्यसैको छानबिन गरी कारबाही गर्न माग गर्दै राजस्व अनुसन्धान विभागमा परेको उजुरी प्रधानमन्त्री कार्यालयअन्तर्गतको राजस्व अनुसन्धान विभागमा विगत १० वर्षदेखि लुकाएर राखिएको छ र होटल अन्नपूर्णको सम्पत्ति सत्ताको बलमा आफन्तहरुलाई साझेदार बनाई छिराएर कब्जा गर्ने कोसिस सुरु भएको थियो ।
तर पनि प्रधानमन्त्री ओलीले आइतबार संसद्को रोस्टममा उभिएर लाजै नमानी विदेशी मुद्रा अपचलन भएको पाइएमा कसैलाई नछोड्ने जवाफ दिएर सबैलाई हाकाहाकी झुक्याउने काम गरेका छन् ।
होटललाई चोर बाटोबाट हात पारेर ३२ लाखभन्दा बढी विदेशी मुद्रा अपचलन गरेको विषय १० वर्षदेखि प्रधानमन्त्री कार्यालयअन्तर्गतको राजस्व अनुसन्धान विभागमा हुनु र प्रधानमन्त्रीमा ओली दोहोरिरहँदा समेत राणा दम्पती कारबाहीको दायरमा आउन सकेका छैनन् । राजनीतिक आडमा राज्यको अनुसन्धान गर्ने निकायहरुलाई समेत प्रभावमा पारेर राणा दम्पतीले लाखौँ डलर अपचलन गरिएको अनुसन्धानका फाइलहरु थन्काएर राख्न सफल हुँदै आएका छन् भने प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले विदेशी विनिमय नियमित गर्ने ऐन, २०२१ अनुसार कानुनी कारबाही हुने बताएका हुन् । प्रधानमन्त्री ओलीको आइतबारको संसद्को भाषणसँगै राणा दम्पतीको लाखौँ डलर विदेशी मुद्रा अपचलनको फाइल के हुन्छ भन्ने जनचासो बढेको छ ।