बैंकको हिसाबकिताबमा कैफियत देखिएपछि त्यसको निरीक्षण गर्न पुगेको नेपाल राष्ट्र बैंकको अनुगमन टोलीलाई उक्त बैंकको सीईओले साउना बस्न र मसाज गर्न पठाएर आफैँले प्रहरीलाई वेश्यावृत्तिको सूचना दिएर पक्राउ गर्न लगाएर आफैँले रोईकराई गरेजस्तो गरेर उनीहरूलाई गुपचुपमै छुटाउन लगाएर आफ्नो बैंकको कारोबारमा देखिएको कैफियत हटाउन सफल भएका छन् । बैंकको कारोबारमा कैफियत देखिएपछि राष्ट्र बैंकको अनुगमन टोली कस्सिएर उक्त बैंक निरीक्षण गर्न पुगेको थियो । राष्ट्र बैंकका कर्मचारी निजी क्षेत्रका बैंकहरूले गरेको प्रगति र त्यहाँका कर्मचारीको रजगज देखेर निकै लोभिने गरेका छन् । त्यसमा पनि बैंकको सीईओको रजगज त लोभलाग्दो नै रहेको छ । सीईओको ठाँट र रवाफ देखेर जिब्रो नटोक्ने पनि कमै होलान् । राष्ट्र बैंकका अनुगमनकर्ताले पनि उनीहरूलाई ठाउँ पाउनेबित्तिकै चेप्न खोजेजस्तो गरेर कुनै न कुनै मिलन विन्दु खोज्ने गर्दछन् ।
त्यहाँ पनि रन्किएर पुगेको टोलीलाई सीईओले पहिलो चरणमै साउना स्टिमवाथ र मसाज गर्ने प्रस्ताव गरे । उनीहरूले पनि लोभिएर प्रस्ताव स्वीकार गरे । सीईओको प्रस्तावअनुसार उनीहरू मसाज सेन्टर पुगे, लुगा खोलेर मसाज गर्दै गर्दा त्यहाँ प्रहरी प्रवेश ग¥यो र राष्ट्र बैंकको टोलीलाई प्रहरीले रङ्गेहात पक्राउ गरेर वृत्तमा पु¥यायो । रङ्गेहात पक्राउ परेका लोभीपापी राष्ट्र बैंकका अनुगमनकर्ताहरूको रुवाबासी चल्यो र उनै आफैँ धामी आफैँ बोक्सीजस्तो बनेका सीईओले प्रहरीसँग लेनदेनको सहमति बनाएर रेकर्डमा नजनाईकन उनीहरूलाई छुटाएर निस्किए । आफूलाई निकै जान्नेसुन्ने ठान्ने राष्ट्र बैंकको अुगमन टोली सीईओका अगाडि नतमस्तक बने, उनको बेइमानीको पत्तै पाएनन् । आफूहरूलाई प्रहरीको पञ्जाबाट छुटाएर इज्जत जोगाइदिएकाले उनीहरूले ती सीईओेलाई धन्यावाद दिए र कहिल्यै उनको अहित हुने काम नगर्ने बाचाकसम खाए । अहिलेसम्म पनि ती सीईओले उक्त घटनालाई गोप्य नै राखिदिएका छन् । प्रहरीलाई पनि फाइदै भयो । सीईओको बैंकमा देखिएका सबै कैफियतलाई उनीहरूले हटाइदिए । यस अर्थमा ती तीनै पक्षलाई उक्त घटनाबाट फाइदै फाइदा भएको छ । उक्त घटना बाहिर आएको भए अहिलेसम्म राष्ट्र बैंकका ती अनुगमनकर्ताहरू घर–समाज कतै पनि मुख देखाउन नहुने नालायक भइसक्ने थिए । त्यो घटना बाहिर आएको भए ती सीईओ यतिखेर राजु प्रधान, उदयकृष्ण उपाध्याय, कमल ज्ञवलीजस्तै जेलको चीसो हावा खाँदै गरेको हुने थिए । उनले नेतृत्व गरेको बैंक समस्याग्रस्त घोषणा भएर कर्णाली विकास बैंकजस्तै राष्ट्र बैंकको कब्जामा हुनेथियो ।
तर, अहिलेसम्म तीमध्ये पनि ‘बुरी हाल’ हुन पाएको छैन । किनकि उक्त घटना गोप्य नै छ । दबाइएको छ । तलब बढी भएर बैंकका सीईओहरू यसरी मात्तिएका अनेकौँ नजिर बनिसकेका छन् । तत्कालीन सिभिल बैंकको सीटीसीमल ब्रान्चका एक जना कर्मचारीले आफूलाई मनपरेकी महिला कर्मचारी ट्वाइलेट बस्दाको भिडियो बनाउन मन लागेछ र उनले महिला शौचालयमा प्वाल पार्न लगाएछन् । ती युवतीले पनि शौचालयमा अस्वाभाविकरूपमा धेरै समय बिताउने गरेकी रहिछन् । प्वाल पारिसकेपछि उनले एउटा राम्रो मोबाइल किनेछन् र एक जना केटालाई पैसाको प्रलोभन दिएर ती महिलाले शौचालय पसेपछिको भिडियो खिच्न लगाएछन् । केटोले भिडिओ खिचिरहेको थियो, एक दिन महिला छिट्टै शौचालयबाट निस्किइछन् केटो झसङ्ग भएछ र अत्तालिएर दौडिएछ, केटीले लखेट्दै गएपछि सिभिल मलअगाडि पुगेपछि समातिएछन् र घिसार्दै पिट्दै लगेर जनसेवा प्रहरीलाई जिम्मा लगाइछन् । रैथाने धनी बाउकी छोरीलाई त्यो भिडिओ देखाएर ब्लयाकमेल गर्न बैंकका हाकिमले गरेको कर्तुत परेछ त्यो । त्यस्तै अर्को घटना कुमारी कैंकका तत्कालीन सीईओ उदयकृष्ण उपाध्यायले २०७१ फागुन ११ गते बेहोरेका थिए । ऋणीसँग मिलेर कोटेश्वरको एउटा रेस्टुराँमा मस्ती गर्दै गर्दा रङ्गेहात पक्राउ परेका थिए ।
कृषि विकास बैंक पुतलीसडक शाखाका तत्कालीन प्रमुख गेहनाथ पौडेलले ऋणीलाई कार्यालयमै तीन वर्षसम्म गरेको यौनशोषणको भिडिओ बाहिरिएपछि तीन जना सहयोगीसहित पक्राउ परेका थिए र त्यस काण्डलाई दबाउन अपराध अनुसन्धानका तत्कालीन प्रमुख सर्वेन्द्रनाथ खनालले गरेको प्रयास नकाम भएपछि उनीहरू चारै जना पक्राउ परेका थिए । राष्ट्र बैंकको अनुगमन टोलीलाई आफैँं मसाजमा पठाएर प्रहरीलाई खबर गरेर सेटिङमा पक्राउ गर्ने छट्टु सीईओजस्तै थिए किष्ट बैंकका तत्कालीन सीईओ कमल ज्ञवली पनि । ज्ञवालीले एक पटक बैंकका सहयोगीहरूलाई बैंकक टुरमा लगेछन् । बैंकक केका लागि प्रसिद्ध भन्ने कुरो भनिरहन पर्दैन । बैंकमा जागिर खाएका लोनको कमिसनले मात्तिएका बैंकका कर्मचारीहरू मोजमस्ती गर्ने तँछाडमछाड गरेर लागे । केही केहीले बैंककमा कसले चिन्छ र जे गरे पनि हुन्छ भनेर झलमल्ल बत्ती बालेर पर्दा खोलेर मोजमस्ती गरेछन् ।
षड्यन्त्रकारी ज्ञवालीले त्यसको भिडिओ बनाएछन् र नेपाल फर्किएपछि त्यही भिडिओ देखाएर कर्मचारीलाई ब्ल्याकमेलिङ गरेर गर्न नमिल्ने काम गराउँदा रहेछन् र त्यसैको फलस्वरूप अहिले ज्ञवाली जेलको हावा खाइरहेका छन् । बैंकभित्र हुने यस्ता घटना थुप्रै छन् । तर यीचाहिँ सार्वजनिक भएका हुनाले टिप्पणीयोग्य भएका छन् । सार्वजनिक नभएका तर अरुले थाहा भएका त्यस्ता घटनामध्येको जबर्जस्ती लुकाउन खोजिएको एउटा घटना राष्ट्र बैंकको अनुगमन टोलीलाई यौनकाण्डमा पारेर रङ्गेहात समातेर आफ्नो कुकृत्य छोप्न सफ ती सीईओको घटना यहाँ उजागर गर्न खोजिएको हो । ती सीईओ को हुन् ? प्रहरीलाई राम्ररी थाहा छ । प्रहरीसँग उनको रामै्र उठबस चल्ने गरेको छ । प्रहरीले उनको त्यो कुकृत्यलाई मोटो रकम लिएर सघाएका हुन् । एक जना कुख्यात वृत्त प्रमुखले मोटो रकम लिएर ती सीईओको प्रस्तावमा राष्ट्र बैंकको अनुगमन टोलीलाई त्यसरी खोरमा कोचेको थियो । घटना धेरै पुरानो पनि होइन । केही समयअघि मात्रको हो । त्यो घटना थाहा पाउने योजनाकार ती सीईओ नै पहिलो व्यक्ति हुन् । उनले त्यसलाई सार्वजनिक गर्ने कुरै भएन । त्यो घटना घटाएबापत सीईओले आफूलो नेतृत्व गरेको बैंकमा गरेको सबै कुकृत्य ढाकछोप गरिसकेको छ र राष्ट्र बैंकबाट सफाइ फाइसकेको छ । त्यो घटनाको जानकार दोस्रो पक्ष राष्ट्र बैंकका नालायक अनुगमनमा गएका तिनै कर्मचारी हुन् । उनीहरूले त्यो घटना चुहाउने हो भने सामाजिकरूपमा आत्महत्या गरेसरह हुनेछ । घर, परिवार, नाता गोता, समाज, अफिस सबैतिरबाट घृणित र बहिस्कृत हुनुपर्नेछ । त्यो घटना थाहा पाउने तेस्रो पक्ष प्रहरी हो । प्रहरीले पैसाका लागि सीईओलाई उक्त कुकृत्यका लागि साथ दिएको हो । पैसा खाइसकेको भ्रष्ट प्रहरीले पनि त्यो घटना सार्वजनिक गर्ने कुरा भएन र सबैतिरबाट त्यसलाई ढाकछोप गरेर अर्को अपराध गरिदिएको छ ।