काठमाडौं । नेपाली अडियो ब्रान्ड म्याक्सवसले आफ्नो पहिलो उत्पादन म्याक्सबस वान वायरलेस एअरवड्स बजारमा ल्याएको छ । कम्पनीका अनुसार यो एअरवड्समा एकदमै राम्रो आवाज सुनिन्छ । साथै किफायती पनि छ । अझ यसको नयाँ फिचरहरूले सर्वसाधारणको ध्यान आकर्षण गरेको कम्पनीको दाबी छ ।
म्याक्सबस वान वायरलेस एअरवड्समा बाहिरको आवाजलाई कम गर्न ४०डिबीसम्मको एक्टिभ जोइज क्यान्सिलिङ, त्यसैगरी चारवटा माइक्रोफोनका साथ एआई कल नोइज क्यान्सिलिङ स्पस्ट आवाजको लागि १३ एमएम डायनामिक ड्राइभरजस्ता अद्भूत फिचर रहेको छ । यो इयरबड् एकपल्ट चार्ज गरेपछि छ–आठ घण्टासम्म मज्जाले चलाउन सकिन्छ र पावर डिस्प्ले समेत भएको चार्जिङ केसले ४८ घण्टासम्म ब्याट्री ब्याकअप दिन्छ । यति मात्र नभई यस इयरबड्लाई पानीले पनि नबिग्रिने गरी डिजाइन गरिएको छ । यसमा भएको ट्रान्सपरेन्सी मोड फिचरले बाहिरको आवाज पनि सुनिन्छ ।
यो एयरवड्स गेम खेल्ने र संगीतप्रेमीलाई अत्यन्त राम्रो प्रोडक्ट साबित भएको कम्पनीको दाबी छ । साथै, यसमा भएको टच कन्ट्रोलको सहायताले भोल्युम बढाउने तथा फोन उठाउनेजस्ता कार्यलाई सजिलो बनाएको छ । यसको बजारको मूल्य तीन हजार पाँच सय रुपैयाँ हो तर अहिले विशेष अफरमा एक हजार ९९९ रुपैयाँमा नै खरिद गर्न सकिने जनाइएको छ । उक्त प्रोडक्टमा छ महिनाको वारेन्टी, चार्जिङ केबल, इयर टिप्स र म्यानुअल पनि उपलब्ध रहेको छ । यस्तै, म्याक्सबस वान वायरलेस एअरवड्स अब इ–सेवाबाट सुपथ मूल्यमा खरिद गर्न सकिनेछ । दराजमा समेत विशेष अफरको साथ उपलब्ध छन् ।