काठमाडौं । शेयर बजार परिसुचक नेप्से २७ सय बिन्दु माथि चढेको छ । अघिल्लो दिद १९ अंकले उकालो लागेको बजार परिसुचक नेप्से साताको दोस्रो कारोबार दिन आज सोमबार पुन २९ दशमलव ८७ अंकले उकालो लागेर २७ सय २७ दशमलव ९१ बिन्दुमा उक्लिएको हो । यसैगरी क बर्गका कम्पनीह्रुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि छ दशमलव २८ अंकले उकालो लागेर चार सय ५९ दशमलव ७० बिन्दुमा चढेको छ ।
धितोपत्र बजारमा आज तीन सय दुई वटा कम्पनीहरुको एक लाख दुईह हजार आठ सय ६१ पटक शेयर किनबेच भएको छ । जसबाट एक करोड ८० लाख ८१ हजार एक सय ६८ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम १० अर्ब चार करोड ९६ लाख ५४ हजार आठ सय ३२ रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये फाईनान्स, जलबिद्युत र व्यापार उपसमुहको सुचक ओरालो लागेका छन् भने बाणिज्य बैंक, बिकास बैंक, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका १० वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् ।