काठमाडौं । विश्व प्रसिद्ध प्रविधि ब्रान्ड भिभोले नेपालमा भिभो एक्स२०० प्रो सार्वजनिक गर्ने तयारी गरेको छ । साथै, यो स्मार्टफोनले फोटोग्राफीमा नयाँ क्रान्ति ल्याउने कम्पनीको दाबी छ ।
कम्पनीका अनुसार ग्राउण्डब्रेकिङ दुई सय मेगापिक्सलको जाइस एपीओ टेलिफोटो क्यामेरा, शक्तिशाली मिडियाटेक डाइमेन्सिटी ९४०० प्रोसेसर, र ६००० एमएएच ब्याट्री विशेषतासहित यो फ्ल्यागशिप डिभाइस नवीनता र उत्कृष्टताको नयाँ परिभाषा बन्नेछ । भिभो एक्स२०० प्रोले इमेजिङ उत्कृष्टताको निरन्तरता कायम गर्दै स्मार्टफोन फोटोग्राफीलाई नयाँ उचाइमा पुर्याएको छ । जाइससँगको सहकार्यमा विकसित २०० मेगापिक्सल एपीओ टेलिफोटो क्यामेराले मोबाइल फोटोग्राफीमा व्यावसायिकस्तरको परिशुद्धता र स्पष्टता प्रदान गर्छ । टाढाका दृश्यहरू क्याप्चर गर्न, सूक्ष्म म्याक्रोसटहरू लिन, रात्रि दृश्यहरू उतार्न वा हाइपर–जुम गरेर विस्तृत विवरणहरू कैद गर्न यो फोनले असाधारण सहयोग गर्ने कम्पनीको दाबी छ ।
फोटोग्राफीमा मात्र नभई, भिभो एक्स२०० प्रोले भिडियोग्राफीमा पनि उल्लेखनीय सुधारहरू ल्याएको छ । भिभो भी ३ प्लस इमेजिङ चिपले अत्याधुनिक ४के एचडीआर सिनेमाटिक पोट्रेट भिडियो, १२० एफपीएस स्लो–मोशन रेकर्डिङ र ४के ६० एफपीएस एचडीआर डल्वी भिजनजस्ता विशेषताहरू उपलब्ध गराउँछ । यसले जुनसुकै लाइटमा समेत उत्कृष्ट क्वालिटीको सुनिश्चित गर्छ । यस डिभाइसमा समावेश गरिएको मिडियाटेक डाइमेन्सिटी ९४०० चिपसेटले फोनको दक्षतामा अभूतपुर्व योगदान गर्छ । तीन एनएम आर्किटेक्चरमा निर्मित यस चिपसेटले सहज मल्टिटास्किङ, अल्ट्रा–स्मूथ गेमिङ र ऊर्जा–कुशल सञ्चालन सुनिश्चित गर्छ । साथै, यसलाई थप शक्तिशाली बनाउन, ६००० एमएएच सिलिकन एनोड ब्याट्री ९० वाट फ्ल्यास चार्ज सपोर्टसहित उपलब्ध छ, यसले चरम परिस्थितिहरूमा पनि लामो समयसम्म टिक्ने विश्वसनीयता प्रदान गर्दछ ।
भिभो एक्स२०० प्रोे मा बिल्ट–इन सुरक्षा चिप प्रदान गरिएको छ, जसले बायोमेट्रिक डेटा, लक स्क्रिन पासवर्डहरू र सुरक्षित डेटा पर्ज सुविधासहित चिप–स्तरीय सुरक्षा प्रदान गर्छ । साथै, गुगल जेमिनी एआईको सहज एकीकरणले एआई नोट असिस्ट, एआई ट्रान्सक्रिप्ट असिस्ट र सर्कल टु सर्च जस्ता स्मार्ट सुविधाहरू उपलब्ध गराउँछ । भिभो एक्स२०० प्रोले विश्वभर ठूलो प्रभाव पारेको छ ।