काठमाडौं । सरकारले पछिल्लो समय सेयरबजारबाट पौने ११ अर्ब आम्दानी गरेको छ । सरकारले चालू आर्थिक वर्षको सात महिनामा सेयरबजारबाट १० अर्ब ८३ करोड ९४ लाख आम्दानी गरेको हो । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब पाँच गुणा बढी हो ।
सरकारले गत आर्थिक वर्षको सात महिनामा सेयरबजारबाट दुई अर्ब ८६ करोड ५६ लाख आम्दानी गरेको थियो । सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार चालू आर्थिक वर्षको सात महिनामा सेयरबजारबाट सबैभन्दा बढी पुँजीगत लाभकर साउनमा उठेको छ भने सबैभन्दा कम पुसमा उठेको छ ।
वर्षको सुरुमा सेयरबजार निरन्तर बढ्दा आम्दानी बढेको हो साउनमा चार अर्ब २३ करोड पुँजीगत लाभकर सङ्कलन हुँदा पुसमा ५८ करोडमा सीमित भएको हो । भदौमा २ अर्ब ५७ करोड, असोजमा ५८ करोड, कात्तिका ७५ करोड, मंसिरमा एक अर्ब चार करोड र माघमा एक अर्ब पाँच करोड पुँजीगत लाभकर सङ्कलन गरिएको छ ।