काठमाडौं । नेपालमा अमेरिकी सहायता संस्था ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) परियोजना स्थगित भएको छ । एमसीसी कर्पोरेसनले २०८१ फागुन २ गते नै नेपाल सरकारलाई इमेलमार्फत एमसीसी परियोजना स्थगित भएको जानकारी दिएको अर्थ मन्त्रालयले जनाएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२५ जनवरी २०को कार्यकारी आदेशअनुसार नेपालमा एमसीसी परियोजनाअन्तर्गत सञ्चालन भइरहेका कार्यक्रमहरू स्थगन भएका हो । ट्रम्पले जारी गरेको कार्यकारी आदेशअनुसार ९० दिनका लागि परियोजना स्थगित भएको हो ।
नेपाल सरकार र एमसीसीबीच २०७४ भदौ २९ गते एमसीसी कार्यान्वयनबारे सम्झौता भएको थियो । अमेरिकी सहयोग नियोग (यूएसएड)बाट सञ्चालित सबै परियोजनाहरू पनि यसअघि नै ९० दिनका लागि स्थगित भइसकेका छन् ।