काठमाडौं । सानिमा बैंकको कोष प्रवद्र्धनमा ‘सानिमा फ्लेक्सी फन्ड’ नामक म्युचुअल फन्डमा लगानी गर्नको लागि आवेदन खुला भएको छ ।
कम्पनीले कुल १० करोड इकाइ फन्ड निष्कासन गर्न लागेको गर्न लागेको छ । सोमध्ये चार करोड इकाई पहिलो चरणमा सार्वजनिकरूपमा बिक्रीका लागि खुला हुन लागेको हो । न्यूनतम एक सय र अधिकतम ४० लाख कित्तासम्म आवेदन दिन सकिने कम्पनीले जानकारी दिएको छ । अंकित मूल्य १० रुपैयाँ रहने फन्डमा छिटोमा फागुन ११ गतेसम्म सर्वसाधारणले आवेदन दिन सक्नेछन् । खुलामुखी योजना भएकाले यसको कुनै अवधि हुँदैन । इकाई खरिद गर्न चाहेको जुनसुकै बेला व्यवस्थापक सानिमा क्यापिटलमार्फत खरिद गर्न सकिन्छ । त्यस्तै, दोस्रो बजारमा पनि कारोबार हुँदैन । यद्यपि लगानी गर्नेले बाहिरिन चाहेका बेला कोष व्यवस्थापक क्यापिटललाई नै फन्ड बिक्री गरी बाहिरिन सक्छन् । बाहिरिँदा न्याभअनुसारको मूल्य पाइन्छ ।
म्युचुअल फन्डबाट संकलित रकमलाई कोष व्यवस्थापकले विभिन्न सार्वजनिक निष्कासन, मुद्रा बजारमा लगानी हुन्छ । साथै, त्यस्ता लगानीबाट आउने नाफाबाट इकाईधनीलाई व्यवस्थापकले वार्षिकरूपमा प्रतिफल प्रदान गर्दै जान्छन् । सो प्रतिफल नगदका रुपमा बुझ्न वा थप इकाईमा लगानी गर्न सकिन्छ ।