काठमाडौं । एनसेलले बढ्दो मोबाइल डेटाको मागलाई सम्बोधन गर्न ‘९० अनलिमिटेड’ र ‘५० डेटा’ गरी दुई डेटा प्याकहरू सञ्चालनमा ल्याएको छ ।
करसहित ९० रुपैयाँ शुल्क रहेको ९० अनलिमिटेड योजनाअन्तर्गत, ग्राहकहरूले दुई दिनसम्म मोबाइल डेटाको अनलिमिटेड मोबाइल इन्टरनेटको भरपुर फाइदा लिन सक्छन् । यो अफर विशेषतः छोटो अवधिको लागि विनाझन्झट इन्टरनेट पहुँच खोज्ने प्रयोगकर्ताहरूका लागि उपयुक्त विकल्प हो । ग्राहकहरूले एनसेल एपमार्फत वा एस्ट्रिक्स१२३ एस्ट्रिक्स४ एस्ट्रिक्स१ एष्ट्रिक्स४ ह्यास डायल गरेर यो ‘९० अनलिमिटेड’ प्याक लिन सक्छन् । यो प्याकले ४८ घण्टासम्म कुनै पनि डेटा सीमाविना निर्बाधरूपमा इन्टरनेट सेवा प्रदान गर्छ ।
यस्तैगरी, ‘५० डेटा’ प्याकअन्तर्गत ग्राहकले १.१ जीबी मोबाइल डेटा भोल्युम करसहित मात्र ५० रुपैयाँमा पाउन सक्छन् । यो डेटा तीन दिनसम्म मान्य रहन्छ । सुलभ शुल्कमा लामो तीन दिनसम्म प्रयोग गर्न सकिने सुविधा भएकाले यसले डेटा चाहिने तर थोरै प्रयोग गर्ने ग्राहकहरूलाई विशेष महत्व राख्छ । ग्राहकहरूले एनसेल एपबाट वा एस्ट्रिक्स१२३ एस्ट्रिक्स४एस्ट्रिक्स२ एष्ट्रिक्स१ ह्यास डायल गरेर सजिलै यो प्याक खरिद गर्न सक्छन् । यो प्याक इन्टरनेट ब्राउजिङ, मोबाइलमार्फत डिजिटल कारोबार गर्न तथा स्पोटिफाइजस्ता प्लेटफर्महरूमा गीतसंगीतको मजा लिनेलगायतका कार्यका लागि उपयुक्त हुने कम्पनीले जनाएको छ ।
विषेशगरी छोटाछोटा अवधिका लागि डेटा लिन चाहने ग्राहकका लागि डिजाइन गरिएका यी नयाँ डेटा अफरहरू अनलिमिटेड इन्टरनेट होस् वा भोल्युममा आधारित सजिलो इन्टरनेट पहुँच दुवै वर्गका ग्राहकका लागि लाभदायी हुने एनसेलले जनाएको छ ।