काठमाडौं । ईजी मोबाइल केयरले एप्पल सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । काठमाडौंको न्युरोडस्थित ताम्राकार कम्प्लेक्सको पाँचौँ तल्लाको ५५ नम्बरमा एप्पलको सर्भिस सेन्टर सञ्चालनमा आएको हो ।
डेढ दशकदेखि मोबाइलसम्बन्धी सर्भिस सेन्टर सञ्चालन गर्दै आएका ईजी मोबाइल केयरका प्रबन्ध निर्देशक सञ्जित पौडेलले एप्पल सर्भिस सेन्टर सञ्चालनमा ल्याएका हुन् । पौडेलले यसअघि वन प्लस, एमआई, रियल्मी, लेनोभो, मोटोरोला, माइक्रोम्याक्स, कार्बन, इन्टेक्स, हुवावे, जेटटीई, नथिङ लगायतका ब्रान्डहरूको आधिकारिक सर्भिस सेन्टरको सफलतापूर्वक सञ्चालन गरिसकेका छन् ।
सञ्चालनमा आएको एप्पल सर्भिस सेन्टरमा एप्पलका जुनसुकै प्रडक्टहरू आइफोन, आइप्याड, म्याकबुक, एयरबड, एप्पलवाचलगायतका प्रडक्टहरू सर्भिस गर्ने व्यवस्था मिलाइएको छ । यसअन्तर्गत प्रडक्टहरूको मर्मतपश्चात ग्यारेन्टीको सुनिश्चितता समेत गरिएको छ । सर्भिस सेन्टरले आफ्ना ग्राहकलाई सहज र सजिलैसँग एप्पलका उत्पादनहरू मर्मतको सुनिश्चिता गरेको छ । आगामी दिनमा एप्पल सर्भिस सेन्टरले ग्राहकहरूका लागि विभिन्न सेवाहरू समेत ल्याउने जनाएको छ ।