काठमाडौं । मनकामना हार्डवेयर एन्ड सप्लायर्स प्रालिले काठमाडौंको सतुंगलमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ । शंकर ग्रुप नेपालका अध्यक्ष शंकरलाल अग्रवालले सो शाखाको शुभारम्भ गरेका हुन् ।
शुभारम्भ कार्यक्रममा नेपालका निर्माण सामग्री उत्पादक कम्पनीहरूका उच्च पदस्थ प्रतिनिधिहरू र निर्माण व्यवसायीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा शंकर ग्रुपका अध्यक्ष अग्रवाललाई सम्मान समेत गरिएको थियो । कम्पनीले आफ्नो मुख्य कार्यालय बनेपाबाट, भकुण्डे, सिन्धुली, बर्दिबास, नारायणगढ र थली हुँदै अब सतुंगलमा व्यवसाय विस्तार गर्दै निर्माण क्षेत्रका ग्राहकलाई अझ सुलभ सेवा दिने योजना अगाडि सारेको हो । सञ्चालक झाङले काठमाडौं, भक्तपुर, धादिङ, नुवाकोट क्षेत्रका हार्डवेयर तथा निर्माण व्यवसायीहरूलाई सहज र छिटो सेवा प्रदान गर्नका लागि नयाँ शाखा सञ्चालन गरिएको जानकारी दिए ।
सञ्चालक अग्रवालले बागमती, मधेश र गण्डकी प्रदेशमा प्रत्यक्ष सेवा प्रदान गरिरहेका मनकामना हार्डवेयरले अब देशका पूर्व र पश्चिमका प्रमुख सहरहरूमा समेत शाखा विस्तार गर्ने रणनीति बनाएको बताए । सतुंगल शाखा प्रमुख रोशन पाठकले नयाँ शाखाबाट गुणस्तरीय सेवा लिएर सहकार्य गर्ने अवसर प्रदान गर्न आग्रह गरे । कम्पनीले नेपालको निर्माण क्षेत्रलाई व्यवस्थित र प्रभावकारी बनाउन आफ्नो सेवा विस्तार गर्दै राष्ट्रिय निर्माण समृद्धिमा योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ ।