काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा एक करोड आठ लाख ६८ हजार रूपैयाँ खुद नोक्सानी व्यहोरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा तीन करोड ९९ लाख ८९ हजार रूपैयाँले ऋणात्मक रहेको थियो ।
हाल चुक्ता पुँजी १७ करोड आठ लाख पाँच हजार रूपैयाँ रहेको संस्थाले चालु आवको दोस्रो त्रैमासमा ६२ करोड ४७ लाख ५१ हजार रूपैयाँ निक्षेप संकलन गरी एक अर्ब ८५ करोड ८८ लाख ७७ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा चार करोड नौ लाख ८८ हजार रूपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा चार दशमलव ८९ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले ५२ करोड ६२ लाख सात हजार रूपैयाँ निक्षेप संकलन गरी एक अर्ब २० करोड ५१ लाख ४० हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा तीन करोड ४१ लाख ८० हजार रूपैयाँ खुद नोक्सानी व्यहोरेको संस्थामा १४ दशमलव ६५ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।