काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारणसभाको आह्वान गरेको छ । संस्थाले यही फागुन ११ गते धुलिखेलको मिरावेल रिसोर्टमा आफ्नो ११ औँ वार्षिक साधारणसभा गर्न लागेको हो ।
वार्षिक साधारणसभामार्फत संस्थाले हाल कायम रहेको चुक्ता पुँजी ५९ करोड ९० लाख ९६ हजार सात सय २८ रुपैयाँमध्येबाट शून्य दशमलव २६ प्रतिशतका दरले हुन आउने १५ लाख ७६ हजार पाँच सय ७० रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ । यसबाहेक संस्थाले हाल कायम रहेको चुक्तापुँजीमध्येबाट पाँच प्रशितका दरले हुन आउने दुई करोड ९९ लाख ५४ हजार आठ सय ३६ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ ।