काठमाडौं । माछापुच्छ्रे बैंकले एमबिएल इक्विटी फन्ड बिक्री गर्ने भएको छ । कोष प्रवर्द्धक माछापुच्छ्रे बैंक, योजना व्यवस्थापक माछापुच्छ्रे क्यापिटल लिमिटेड रहेको एमबीएल सामूहिक लगानी कोषअन्तर्गत सञ्चालन हुने गरी एमबिएल इक्विटी फन्ड जारी गर्न लागेको बैंकले जानकारी दिएको छ ।
बैकका अनुसार प्रतिइकाई १० रुपैयाँ अंकित मूल्य कायम रहेको १२ करोड इकाईमध्ये बीज पुँजीबापत न्यूनतम एक करोड ८० लाख इकाई अर्थात् कुल बिक्री इकाईको १५ प्रतिशत इकाईमध्ये एक करोड ६८ लाख इकाई तथा योजना व्यवस्थापक माछापुच्छे« क्यापिटलको लागि एक प्रतिशत अर्थात् १२ लाख इकाई सुरक्षित राखी बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधारणको लागि बिक्री गर्न लागिएको हो ।
बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडमार्फत यही फागुन २२ गतेबाट खुला हुने फन्डको बिक्री कार्य छिटोमा फागुन २६ गते र ढिलोमा चैत्र सात गते बन्द हुनेछ । लगानीकर्ताहरूले न्यूनतम १० देखि अधिकतम एक करोड २० लाख इकाईसम्म खरिदको लागि आवेदन दिन सक्नेछन् ।