काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा २० लाख ८१ हजार एक सय २९ रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा चार करोड १४ लाख ८३ हजार सात सय ९६ रुपैयाँले ऋणात्मक रहेको थियो ।
हाल चुक्ता पुँजी १३ करोड ३१ लाख रुपैयाँ रहेको संस्थाले चालु आवको दोस्रो त्रैमासमा ८१ करोड २२ लाख ९१ हजार छ सय ४३ रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब १६ करोड ४१ लाख ५६ हजार ९४ रुपैयाँ कर्जा प्रवाह गरेको छ । यस अवधिमा छ करोड ४१ लाख ३२ हजार पाँच सय ६० रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा पाँच दशमलव ५० प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले ७८ करोड सात लाख ४२ हजार आठ सय ५१ रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब १६ करोड २० लाख ४५ हजार २६ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा दुई करोड नौ लाख तीन हजार चार सय पाँच रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा चार दशमलव ९३ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।