काठमाडौं । शेयर बजार परिसुचक नेप्से २७ सय ५५ दशमलव ४० बिन्दुमा उक्लिएको छ । साताको पहिलो कारोबार दिन आज आईतबार नेप्से परिसुचक ११ दशमलव ६६ अंकले अंकले उकालो लागेर उक्त बिन्दुमा पुगेको हो । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ६६ अंकले उकालो लागेर चार सय ५८ दशमलव ६४ बिन्दुमा चढेको छ ।
धितोपत्र बजारमा आज तीन सय २८ वटा कम्पनीहरुको एक लाख आठ हजार नौं सय १३ पटकको कारोबारमा दुई करोड १२ लाख छ हजार पाँच कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम ११ अर्ब ५४ करोड ८३ लाख ३७ हजार छ सय १२ रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बिकास बैंक, फाईनान्स, जलबिद्युत, होटल तथा पर्यटन, लघुवित्त र व्यापार उपसमुहहरुको सुचक ओरालो लागेका छन् भने बाणिज्य बैंक, लगानी, जीवन बीमा, उत्पादनमुलक, सामुहिक लगानी कोष, निर्जीवन बीमा र अन्य उपसमुहहरुको सुचक उकालो लागेका छन् ।