प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले सङ्घीय निजामती विधेयकलाई निष्कर्षमा पुर्‍याउन समितिका सदस्य दिलेन्द्रप्रसाद बडूको संयोजकत्वमा ११ सदस्यीय उपसमिति गठन गरेको छ। समितिको बैठकमा सभापति रामहरि खतिवडाले उपसमिति गठनको प्रस्ताव गर्नु भएको थियो। उपसमितिमा सांसद अशोककुमार राई, ईश्वरी न्यौपाने, चन्दा कार्की, प्रकाश अधिकारी, बुद्धिमान तामाङ, रघुजी पन्त, राजेन्द्रप्रसाद पाण्डे, लीलानाथ श्रेष्ठ, सर्वेन्द्रनाथ शुक्ला र हितराज पाण्डे रहनु भएको छ। उपसमितिलाई एक महिनाभित्र समितिसमक्ष प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ।