पोखरा । नेपालका लागि चांगान तथा दिपल ईभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले पोखराको चौथेमा दिपलको नयाँ सोरुम सञ्चालनमा ल्याएको छ । एमएडब्लु वृद्धिले हिमालय अर्गनाइजेसनमार्फत गण्डकी क्षेत्रका ग्राहकलाई इन्टेलिजेन्ट र फ्युचरिस्टिक दिपल ईभीको फस्ट–ह्यान्ड एक्सपेरियन्स दिलाउन नयाँ सोरुम सुरु गरेको हो । दिपलको नयाँ सोरुमलाई गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री बिन्दुकुमार थापा, नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन (नाडा)का अध्यक्ष करण चौधरी, हिमालय अर्गनाइजेसनका अध्यक्ष ध्रुव थापा र एमएडब्लु ग्रुपका कन्सल्टेन्ट सन्दिप चार्टजीले संयुक्तरूपमा उद्घाटन गरेका थिए । सो अवसरमा संसारकै पहिलो ट्रान्सफर्मर एसयुभी दिपल ई०७ को पनि रिजनल लन्च गरिएको थियो ।
पोखरामा नयाँ सोरुम खुलेको अवसर पारेर कम्पनीले नयाँ सोरुमबाटै शनिबारदेखि पाँच दिनको टेस्ट ड्राइभ तथा एक्सचेन्ज क्याम्प पनि सुरु गरेको छ । यो अवधिमा गण्डकी क्षेत्रका ईभीप्रेमीले दिपलका फ्युचरिस्टिक र इन्टेलिजेन्ट ईभीहरू दिपल ई०७, दिपल एस०७ र दिपल एल०७ को टेस्ट ड्राइभ गर्न सक्नेछन् । टेस्ट ड्राइभ द फ्युचर नाम दिइएको टेस्ट ड्राइभ क्याम्पमा ग्राहकले फ्रि डाइमन्ड कोटिङ, फ्रि ७ किलोवाट चार्जर र एसेसोरिज, आकर्षक क्यास डिस्काउन्ट र टप रिकन्डिसन हाउसबाट पुरानो गाडीको बेस्ट भ्यालुएसन र एक्स चेन्ज बोनस पनि पाउन सकिनेछ ।
दिपलमा वेलकम सिट, सनफ्लावर टचस्क्रिन, अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, जेस्चर कन्ट्रोल, हेडरेड र आउट डोर स्पिकरलगायत १५ भन्दा बढी फस्ट टाइम फिचरहरू छन्, सोही कारण यो ईभी नेपाली बजारमा सात सयभन्दा बढी विक्री भइसकेको कम्पनीको दाबी छ ।