काठमाडौं । मोबाइल फोनको जन्मदाता मोटोरोला नेपाल प्रवेश गरेको छ । नेपाली बजारमा मोटोरोलाको डिस्ट्रिब्युसन सिजी ग्रुपले सम्हालेको छ ।
मोटोरोला नेपालका विजनेस हेड विनय जोशीका अनुसार मोटोरोलाले नेपाली बजारमा नयाँ बेन्चमार्क निर्धारण गर्ने लक्ष्यका साथ बजारमा आफ्ना स्मार्टफोनहरू उतारेको हो । मोटोरोलाले मोबाईल बजारमा कायम राखेको लिगेसीको निरन्तरताको प्रत्याभूति नेपाली उपभोक्ताले पाउने उनले बताए । कम्पनीले भारतीय बजारसँग समानान्तर हुनेगरि नेपालमा मूल्य निर्धारण गरेको छ । कम्पनीले नेपाली बजारमा सबैभन्दा एफोर्डेबल फाइभ जी स्मार्ट फोन मोटो जी४५, मिडरेन्ज क्याटेगोरीको लिडर मानिएको मोटो एज फिफ्टी फ्युजन, निक्कै प्रिमियम र एफोर्डेबल फिल्प फोन मोटो रेजर फिफ्टीजस्ता मोडलहरू लिएर नेपाली बजारमा प्रतिस्पर्धामा उत्रिएको हो ।
मोटोरोलाका सबै फाइभ जी स्मार्ट फोन आ–आफ्नो क्याटोगोेरीमा मूल्य र स्पेसिफिकेसनका आधारमा क्याटोगोरी लिडर रहेको कम्पनीले दाबी गरेको छ । नेपाली बजारका लागि प्राथमिकता सहित विशेष मूल्य निर्धारण गरेको मोटोरोलाका स्मार्टफोनहरू रिटेल आउटलेट तथा सिजी डिजिटल तथा दराजलगायतका अनलाइन प्लेटफर्ममा समेत उपलब्ध रहेका छन् ।