काठमाडौं । शेयर बजार परिसुचक नेप्से २८ सय बिन्दु नजिक पुगेको छ । अघिल्लो दिन दोहोरो अंकले उकालो लागेको नेप्से परिसुचक साताको दोस्रो कारोबार दिन आज सोमबार पुन: तीन दशमलव ३५ अंकले उकालो लागेर २७ सय ५८ दशमलव ७५ बिन्दुमा उक्लिएको हो । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ६० अंकले उकालो लागेर चार सय ५९ दशमलव २५ बिन्दुमा उक्लिएको छ ।
धितोपत्र बजारमा आज तीन सय १० वटा कम्पनीहरुको एक लाख तीन हजार दुई सय ६२ पटक शेयर किनबेच भएको छ । जसबाट दुई करोड ११ लाख १० हजार छ सय १९ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम ११ अर्ब आठ करोड ५४ लाख ६४ जार सात सय ५८ रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बाणिज्य बैंक, लगानी, उत्पादनमुलक र अन्य उपसमुहको सुचक उकालो लागेका छन् भने बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका नौं वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।