काठमाडौँ । स्थानीय बजारमा मंगलबार सुनको मूल्य प्रतितोला रु. पाँच सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला एक लाख ७० हजार आठ सयमा किनबेच भएको सुन मंगलबार बढेर प्रतितोला एक लाख ७१ हजार तीन सय कायम भएको छ ।