काठमाडौं । फोटोन नेपालले नेपालभर रहेका १७ वटा सर्भिस नेटवर्क पार्टनरहरूलाई भेलागर टोटल केयर वार्षिक सर्भिस पार्टनर मिट आयोजना गरेको छ । कम्पनीले हालै चितवनमा आयोजना गरेको सो कार्यक्रममा कम्पनीको प्रभावकारी आफ्टर सेल्स सर्भिसको निरन्तरता, कार्यसम्पादनको समीक्षा र भविष्यमा सुधारहरूको लागि तयारी गर्ने बारेमा छलफल भएको थियो । यस्तै, भेलाले फोटोनलाई आफ्टर सेल्स सर्भिसमा गत वर्षको कार्यसम्पादन मूल्याङ्कन गरी भविष्यमा गर्न सकिने सुधारहरू पहिल्याउन समेत सघाएको थियो । यीमध्ये रेस्पोन्स समयको गति र सेवा दक्षतामा सुधारसँगै ग्राहक सन्तुष्टि बढाउनेलगायतका विषयहरू थिए ।
कार्यक्रममा नेपालभरि फोटोन सेवाहरू प्राप्त गर्ने ग्राहकहरूका लागि पहुँच र सुविधा बढाउने उद्देश्यले सेवा नेटवर्क विस्तार योजना पनि प्रस्तुत गरिएको थियो । कम्पनीका अनुसार, कुशल, समयमै दिइने बिक्रीपछिको सेवाले ग्राहकको विश्वास निर्माण गर्न र बजारमा दीर्घकालीन सफलताको ग्यारेन्टी गर्न मुख्य भूमिका खेल्छ ।