काठमाडौं । शेयर बजार परिसुचक नेप्से उकालो लागेको छ । अघिल्लो दिन झण्डै चार अंकले उकालो लागेको नेप्से परिसुचक साताको तेस्रो कारोबार दिन आज मंगलबार भने सात दशमलव १३ अंकले उकालो लागेर २७ सय ६५ दशमलव ८८ बिन्दुमा चढेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ८१ अंकले उकालो लागेर चार सय ६० दशमलव शुन्य छ बिन्दुमा उक्लिएको छ ।
धितोपत्र बजारमा आज तीन सय १२ वटा कम्पनीहरुको ९७ हजार पाँच सय ६२ पटकको कारोबारमा एक करोड ७८ लाख ६५ हजार सात सय तीन कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम नौं अर्ब ९० करोड ९३ लाख ८६ हजार दुई सय २७ रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बाणिज्य बैंक, होटल तथा पर्यटन, लगानी, जीवन बीमा, उत्पादनमुलक, सामुहिक लगानी कोष र अन्य उपसमुहहरुको सुचक उकालो लागेका छन् भने बिकास बैंक, फाईनान्स, जलबिद्युत, निर्जीवन बीमा, लघुवित्त र व्यापार उपसमुहको सुचक ओरालो लागेका छन् ।