काठमाडौं । ग्लोबल मोटर्सले बालकुमारीमा आफ्नो नयाँ टीभीएस सोरूम सञ्चालनमा ल्याएको छ । जेएमपीएलका कार्यकारी निर्देशक अखिल गुप्ता र ग्लोबल मोटर्सका प्रबन्ध निर्देशक सौरभ हमालले संयुक्तरूपमा सो सोरुमको उद्घाटन गरेका थिए ।
ग्लोबल मोटर्सको नयाँ सोरूमले स्थानीय समुदायको मोटरबाइक र स्कुटर आवश्यकताहरू पूरा गर्ने उद्देश्य राखेको छ, यसमा विभिन्न टीभीएस मोडेलहरू उपलब्ध गराइनेछ । त्यति मात्र नभई टीभीएस सवारी साधनहरूको प्रदर्शनसँगै, सोरूमले स्पेयर पार्ट्स र सवारी साधन मर्मतसम्भारसहित व्यापक सेवाहरू प्रदान गर्नेछ । बालकुमारीमा टीभीएस उत्साहीहरूलाई उच्चस्तरका उत्पादन र सेवाहरू उपलब्ध गराउने प्रतिबद्धता लोबल मोटर्सका प्रबन्ध निर्देशक सौरभ हमालले जनाएका थिए ।