काठमाडौँ । महाशिवरात्रिको अवसरमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आत्मिक अनुशासन, आपसी सद्भाव र सामाजिक सहिष्णुताले मात्रै शान्ति स्थापना हुने विश्वास व्यक्त गरेकी छिन् । उनले हामीले मनाउने पर्व र उत्सवहरुले आपसी एकता र सहिष्णुताको भावना अभिवृद्धि गर्ने विश्वास लिएको सामाजिक सञ्जाल एक्समा बताएकी छन् ।
पूर्वराष्ट्रपति भण्डारी नेपाललगायत विश्वभरीका हिन्दु धर्मालम्बीहरुले भगवान् शिवको आराधना गरी मनाउने यो पर्वले सबैलाई सत्मार्गमा हिड्ने प्रेरणा मिलोस भन्ने शुभकामना एक्समा लेखेकी छिन् ।
साथै उनले आज बुधबार नेपाली सेनाको स्थापना दिवसको अवसरमा देश र जनताको सुरक्षाको लागि कटिबद्ध रही अन्तरराष्ट्रिय जगत्मा पहिचान बनाउन नेपाली सेनालाई सफलता मिलोस् भन्ने शुभकामना पनि एक्समा लेखेकी छिन् ।