काठमाडौँ । महाशिवरात्रिको पावन अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले मङ्गलबार आफूले पशुपतिनाथको दर्शन गरेको भिडियो फेसबुकमा ‘पोस्ट’ गर्दै महाशिवरात्रिको शुभकामना व्यक्त गरेका हुन् । उनले “महाशिवरात्रिको शुभकामना १ जय पशुपतिनाथ ११”, लेख्नुभएको छ । देशभरका शिवालयमा बुधबार महाशिवरात्रि पर्व विधिपूर्वक भगवान् शिवको पूजाआराधना गरी मनाइँदैछ ।