काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्षको माघ मसान्तसम्म २४ अर्ब २७ करोड ४१ लाख १२ हजार रुपैयाँ बीमाशुल्क सङ्कलन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार सञ्चालनमा रहेका १४ वटा निर्जीवन बीमा कम्पनीहरूले १६ लाख २१ हजार छ सय ७९ वटा बीमालेख जारी गरी उक्त परिमाणमा बीमाशुल्क आर्जन गरेका हुन् । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सात दशमलव आठ प्रतिशतले बढी हो । गत वर्ष माघ मसान्तसम्म निर्जीवन बीमा कम्पनीहरूले २२ अर्ब ५१ करोड रुपैयाँ बीमाशुल्क सङ्कलन गरेका थिए ।
२०८१ साउनदेखि माघ मसान्तसम्म नेपाल इन्स्योरेन्स कम्पनीले एक लाख ११ हजार पाँच सय ७८ वटा बीमालेख जारी एक अर्ब २५ करोड ९५ लाख ९० हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । यस अवधिमा दि ओरियन्टल इन्स्योरेन्स कम्पनीले भने २५ हजार पाँच सय ४९ वटा बीमालेख जारी गरी एक अर्ब ५२ करोड ५२ लाख ४५ हजार रुपैयाँ बीमाशुल्क सङ्कलन गर्दा सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीले एक लाख ४३ हजार नौ सय २८ वटा बीमालेख जारी गरी ९५ करोड पाँच लाख १७ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।
नेसनल इन्स्योरेन्स कम्पनीले पनि चालू आर्थिक वर्षको माघ मसान्तसम्ममा १७ हजार पाँच सय १६ वटा बीमालेख जारी गरी ६९ करोड ३४ लाख ७८ हजार रुपैयाँ बीमाशुल्क आर्जन गर्दा नेको इन्स्योरेन्स कम्पनीले एक लाख ६७ हजार नौ सय ६३ वटा बीमालेखमार्फत एक अर्ब ९५ करोड दुई लाख ७२ हजार रुपैयाँ सङ्कलन गरेको छ । प्रभु इन्स्योरेन्स कम्पनीले पनि चालू आर्थिक वर्षको सात महिनामा ७२ हजार छ सय ९० वटा बीमालेख जारी गरी एक अर्ब तीन करोड आठ लाख १९ हजार रुपैयाँ बीमाशुल्क आर्जन गर्दा शिखर इन्स्योरेन्स कम्पनीले भने एक लाख ७३ हजार आठ सय ४६ वटा बीमालेखमार्फत तीन अर्ब १३ करोड २० लाख ५८ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।
सात महिनामा एनएलजी इन्स्योरेन्स कम्पनीले भने एक लाख १० हजार दुई सय ३३ वटा बीमालेखमार्फत एक अर्ब ६२ करोड १६ लाख २५ हजार रुपैयाँ बीमाशुल्क आर्जन गर्दा हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले एक लाख ५३ हजार चार सय तीनवटा बीमालेखमार्फत एक अर्ब ९२ करोड १८ लाख १९ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । यसैगरी सानिमा जीआईसी इन्स्योरेन्स कम्पनीले पनि चालू आर्थिक वर्षको माघ मसान्तसम्ममा ७७ हजार सात सय ३७ वटा बीमालेखमार्फत एक अर्ब ३८ रकोड ५२ लाख ७८ हजार रुपैयाँ बीमाशुल्क आर्जन गर्दा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले एक लाख ७६ हजार आठ सय ३९ वटा बीमालेखमार्फत दुई अर्ब ४४ करोड ७४ लाख ४१ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।
सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले भने चालू आर्थिक वर्षको पछिल्लो सात महिनामा एक लाख ६२ हजार नौ सय ६३ वटा बीमालेखमार्फत दुई अर्ब ९३ करोड ७६ लाख आठ हजार रुपैयाँ बीमाशुल्क आर्जन गर्दा आईजीआई प्रुडेन्सीयल इन्स्योरेन्स कम्पनीले एक लाख २६ हजार एक सय ४७ वटा बीमालेखमार्फत दुई अर्ब दुई करोड ६८ लाख ९९ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । युनाइटेड अजोड इन्स्योेरेन्स कम्पनीले भने चालू आर्थिक वर्षको पछिल्लो सात महिनामा एक लाख एक हजार दुई सय ८७ वटा बीमालेख जारी गरी एक अर्ब ४० करोड १४ लाख १२ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।