काठमाडौं । ग्रामिण विकास लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्र्षको दोस्रो त्रैमासिक अवधिमा आठ करोड सात लाख २० हजार चार सय ८० रूपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा चार करोड १५ लाख ६३ हजार दुई सय १७ रूपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी एक अर्ब ६५ करोड ६६ लाख २५ हजार रूपैयाँ रहेको संस्थाले चालु आवको दोस्रो त्रैमासमा १४ अर्ब ८९ करोड ५० लाख ६६ हजार चार सय ५३ रूपैयाँ निक्षेप संकलन गरी १९ अर्ब ४८ करोड ६२ लाख ३१ हजार दुई सय ७० रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ८० करोड एक लाख तीन हजार सात सय ८३ रूपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा आठ दशमलव २८ प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने स्प्रेडदर छ दशमलव ९५ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले १४ अर्ब छ करोड ५६ लाख २७ हजार छ सय ४८ रूपैयाँ निक्षेप संकलन गरी १९ अर्ब ५८ करोड १३ लाख ३१ हजार आठ सय ३७ रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ६६ करोड ६६ लाख १९ हजार दुई सय ४३ रूपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा ११ दशमलव ३६ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर छ दशमलव १५ प्रतिशत रहेको थियो ।