काठमाडौं । नेस्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारणसभाको आह्वान गरेको छ । संस्थाको पछिल्लो पटक बसेको सञ्चालक समितिको बैठकले यही चैत्र १० गते रोयल कुस्मा रिर्सोटमा आफ्नो छैठौँ वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो ।
वार्षिक साधारणसभा मार्फत कम्पनीले हाल कायम रहेको चुक्ता पुँजी २५ करोड ५० लाख रूपैयाँ मध्येबाट शुन्य दशमलव ७५ प्रतिशतका दरले हुन आउने १९ लाख १२ हजार पाँच सय रूपैैंयाँ बराबरको बोनस सेयर र चुक्तापुँजीको १४ दशमलव २५ प्र्रतिशतका दरले हुन आउने तीन करोड ६३ लख ३७ हजार पाँच सय रूपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । बोनस सेयर वितरणपश्चात् कम्पनीको चुक्ता पुँजी २९ करोड १३ लाख ३७ हजार पाँच सय रूपैयाँ पुग्नेछ । वार्षिक साधारणसभासम्बन्धी प्रयोजनको लागि संस्थाको यही फागुन २८ गते सेयर दर्ता किताब बन्द हुनेछ ।