काठमाडौं । मोबाइल प्रविधि ब्रान्ड भिभोले नयाँ फ्ल्यागसिप स्मार्टफोन, ‘भिभो एक्स२०० प्रो’ नेपालमा ‘लन्च’ गरेको छ । कम्पनीले काठमाडौंस्थित मक्र्युर होटेलमा एक कार्यक्रमको आयोजना गरी यो स्मार्टफोन सार्वजनिक गरेको हो ।
भिभोे नेपालका ब्रान्ड एम्बेसडर पारस खड्काले भिभो एक्स२०० प्रोलाई अनावरण गरेका थिए । ‘भिभो एक्स२०० प्रो’ले स्मार्टफोन प्रविधिमा नयाँ बेन्चमार्क कायम गर्दै जाइस् लेन्सको सहकार्यमा उत्कृष्ट फोटो क्वालिटीसँगै शक्तिशाली प्रदर्शन र आधुनिक डिजाइन भएको कम्पनीले दाबी गरेको छ । भिभो नेपालका ब्रान्ड म्यानेजर दिपेश खनालले ‘एक्स२०० प्रो’ प्रविधिको उच्चतम प्रयोग गर्नेहरूको लागि ल्याइएको बताए । भिभोे–जाइस् सहकार्यमा विकसित इमेजिङ प्रणालीले स्मार्टफोन फोटोग्राफीमा क्रान्ति ल्याउने विश्वास गरिएको छ ।
कम्पनीका अनुसार २०० मेगापिक्सेलको ‘जाइस् एपीओ’ क्यामेराले जाइस् टी स्टार कोटिङमार्फत जुम गरिएका तस्वीरहरूको रंग सन्तुलित राखी तिनलाई अझ उत्कृष्ट बनाउँछ । पोट्र्रेट, हाइपरजुम, म्याक्रो, नाइटस्केप र सनसेट मोडजस्ता फिचरहरूले फोटोग्राफीप्रेमीहरूलाई उन्नत अनुभव प्रदान गर्नेछन् । यसमा १÷१.४ इन्च सेन्सर र फ्लोटिङ पेरिस्कोप प्रणाली छ, जसले टाढाका वस्तुहरूलाई उच्च स्पष्टताका साथ कैद गर्न सक्षम बनाउँछ । त्यसैगरी, जाइस् सिनेमाटिक पोट्र्रेट भिडियो क्षमता, १२० एफपीएस ‘स्लो मोसन’ र ४ के ६० एफपीएस डल्बी भिजन डल्बी भिजन सपोर्टजस्ता विशेषताहरूले भिडियो अनुभवलाई थप आकर्षक र प्रभावशाली बनाउँछ ।
भिभो एक्स २०० प्रो अत्याधुनिक मिडियाटेक डाइमेन्सिटी ९४०० चिपसेटमा सञ्चालित छ, यसले उच्च कार्यक्षमता प्रदान गर्छ । १२–कोर जीपीयुको समावेशले गेमिङ अनुभवलाई प्रभावकारी बनाउँछ । यसमा ६००० एमएएच ब्याट्रीसहित, ९० वाट फ्याल्स चार्जिङ र ३० वाट वायरलेस चार्जिङ सुविधा उपलब्ध छ । थप रूपमा तेस्रो–पुस्ताको सिलिकन एनोड प्रविधि र सेमी–सोलिड ब्याट्री टेक्नोलोजीको प्रयोगले चिसो तापक्रममा पनि उत्कृष्ट ब्याट्री प्रदर्शन गर्ने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार यो फोनलाई एआई सक्षम स्मार्टफोनको रूपमा डिजाइन गरिएको छ, यसमा गुगल जेमिनी एआई प्रविधि समावेश छ, जसले इमेल लेखन र सिकाइका अवसरहरू सहज बनाउँछ । एआई नोट असिस्ट, एआई ट्रान्सक्रिप्ट असिस्ट र सर्कल टु सर्चजस्ता सुविधाले खोजी प्रक्रियालाई तीव्र बनाउँछ, जबकि एआई इरेज, फोटो इन्ह्यास र स्याडो रिमुवलले फोटो सम्पादनलाई सरल र प्रभावकारी बनाउँछ । फनटच ओएस १५ मा सञ्चालित यस स्मार्टफोनमा डेडिकेटेड सुरक्षा चिप राखिएको छ, यसले लक स्क्रिन पासवर्ड र बायोमेट्रिक डाटा सुरक्षित राख्छ ।
भिभो एक्स २०० प्रोको प्री–बुकिङ मार्च ५ सम्म खुला रहने कम्पनीले जनाइको छ । यसको मूल्य नेपालमा एक लाख ८४ हजार ९९९ रुपैयाँ निर्धारण गरिएको छ । प्रि–बुकिङ गर्ने ग्राहकलाई लागि १० हजार रुपैयाँ क्यासब्याकको सुविधा उपलब्ध हुनेछ । यो स्मार्टफोन मार्च ६ बाट आधिकारिक स्टोरहरू तथा दराज अनलाइनमार्फत बिक्री सुरु हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार प्रविधि विज्ञ मिस्टर हुइजदबोसले भिभो एक्स २०० प्रालाई ‘सर्वश्रेष्ठ क्यामेरा’, ‘सर्वश्रेष्ठ ब्याट्री’, तथा ‘ओभरअल च्याम्पियन’ उपाधि प्रदान गरिसकेका छन् । आधुनिक प्रविधि, उच्च सुरक्षा, र उन्नत फोटोग्राफी क्षमतासहित यो स्मार्टफोन नेपाली बजारमा उत्कृष्ट विकल्प बन्न सक्ने कम्पनीले अपेक्षा गरेको छ ।