काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले युएईबाट ’बोटिम’मार्फत पठाएको पैसा आइएमई पेमा प्राप्त गर्दा पाँच सय रूपैयाँसम्म बोनस प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको छ ।
बोटिम एपमार्फत युएईमा बस्ने नेपालीले नेपालमा आइएमई पे एपमा रकम पठाउन मिल्ने साझेदारीअन्तर्गत यो अफरले युएईमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीमा थप उत्साह थप्न मद्दत गर्ने विश्वास कम्पनीले राखेको छ । फागुन १५ देखि चैत १५ गतेसम्म लागू हुने अफरअन्तर्गत नेपाली १० हजार रूपैयाँ वा त्योभन्दा बढी प्राप्त गर्ने १० जना भाग्यशाली विजेताले बोनस रकम प्राप्त गर्न सक्नेछन् । आइएमई पेमा विदेशको कुनै पनि कुनाबाट पठाएको रकम सजिलै प्राप्त गर्न सकिन्छ ।
विदेशमा कडा परिश्रम गरी कमाएर पठाएको पैसा सुरक्षित माध्यममार्फत छिट्टै र सजिलै नेपालमा आफ्नो परिवारको हातमा प्राप्त गराउन आइएमई पेले लामो समयदेखि सेवा दिँदै आएको छ ।