काठमाडौं । माहेश्वरी महिला मञ्च विराटनगरले कोशी अस्पताललाई फलामको नौ थान डस्बिन प्रदान गरेको छ । मञ्चको स्वच्छता अभियानअन्तर्गत कोशी अस्पतालको फोहोर व्यवस्थापन गर्ने उद्देश्यका साथ एक कार्यक्रमबीच एसियन थाई फुड्स प्रालिले फलामको नौ थान डस्विन अस्पताललाई दिएको हो ।
कार्यक्रममा माहेश्वरी महिला मञ्च विराटनगरका अध्यक्ष महिला उद्यमी ललिता जाजु र माहेश्वरी समाज विराटनगरका अध्यक्ष उद्योगी घनश्याम काबराले कोशी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा रुना झालाई उक्त डस्बिन हस्तान्तरण गरेका थिए । माहेश्वरी महिला मञ्च विराटनगरले संस्थाको उत्तरदायित्वअन्तर्गत समय–समयमा विभिन्न क्षेत्रलाई सहयोग गर्दै आएको छ । आगामी दिनमा महिला मञ्चले यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने पनि प्रतिबद्धता गरेको छ ।