काठमाडौं, साउन ९ मिथिला लघुुवित्त वित्तीय संस्थाले बढी अनुुपातमा रहेको संस्थापक सेयर साधारण सेयरमा रूपान्तरण गरेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)का अनुसार संस्थाले एक लाख पाँच हजार आठ सय ६१ दशमलव ६१ कित्ता संस्थापक सेयर साधारण सेयरमा रूपान्तरण गरेको हो । सेयर रूपान्तरणपश्चात् संस्थाको संस्थापक र साधारण सेयरको अनुपात क्रमशः ६० र ४० भएको भएको छ । नेप्सेमा संस्थाको एक सय रुपैयाँ अंकित मूल्य कायम रहेको १२ करोड १७ लाख ४० हजार रुपैयाँबराबरको १२ लाख १७ हजार चार सय कित्ता सेयर सूचीकृत रहेको छ । पछिल्लो पटक प्रतिशतकित्ता सात सय ६४ रुपैयाँमा सेयर कारोबार भएको संस्थाको बजार पुँजीकरण भने ९३ करोड ९३ हजार छ सय रुपैयाँ पुुगेको छ ।