काठमाडौं । महालक्ष्मी विकास बैंकले वातावरण संरक्षण तथा दिगो बैंकिङका लागि वाकाथन कार्यक्रम सम्पन्न गरेको छ । बैंकका अनुसार यही फागुन १५—१६ गते बैंकको वार्षिक कार्यक्रम तथा दुई दिने कार्यशालाअन्तर्गत दिगो बैंकिङ, संस्कृति तथा सम्पदा संरक्षणको नारा आत्मसात गर्दै बुढानीलकण्ठ नगरपालिका वडा नं १ तथा बुढानीलकण्ठ मन्दिर क्षेत्रमा वातावरणीय तथा सांस्कृतिक सम्पदा संरक्षण वाकाथनको सफल आयोजना गर्दै दिगो बैंकिङप्रति आफ्नो प्रतिबद्धता जाहेर गरेको हो ।
बैंकका उच्च अधिकारी, कर्मचारी र सरोकारवालाहरूको सक्रिय सहभागितामा सम्पन्न यस वाकाथनले वातावरणीय उत्तरदायित्व र सांस्कृतिक सम्पदाको सुरक्षाजस्ता महत्वपूर्ण विषयहरूलाई प्राथमिकतामा राख्दै यस विशेष र्यालीको आयोजना गरिएको हो । बैंकिङ क्षेत्रले दिगो वित्तीय अभ्यासहरू अपनाउनुपर्छ भन्ने सन्देश प्रवाह गर्न वाकाथनका सहभागीहरू ऐतिहासिक तथा पर्यावरणीय दृष्टिले संवेदनशील मार्गहरू हुँदैअघि बढे । यस अवसरमा हरित बैंकिङ र दिगो वित्तीय रणनीतिको आवश्यकतामाथि विशेष जोड दिइएको बैंकले जानकारी दिएको छ । बैंकले हाल सबै क्षेत्रमा गरी एक सय तीन वटा शाखाहरू सञ्चालन गर्दै, आठ लाख ग्राहकहरूमा विश्वसनीय सेवा पुर्याइरहेको जनाएको छ ।