काठमाडौं । टाईम फर्मास्युटिकल्स प्रालिले साधारण सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले साधारण सेयरको निष्काशनका लागि बिक्री प्रबन्धकको रूपमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।
कम्पनीले विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँटसम्बन्धी निर्देशिकामा भएको व्यवस्थाबमोजिम विभिन्न नियमनकारी निकायबाट आवश्यक स्वीकृति प्राप्त गरी सर्वसाधारणहरूमा बुक बिल्डिङ विधिमार्फत प्राथमिक सेयरको सार्वजनिक निष्काशन गर्ने भएको छ ।
सम्झौतामा टाइम फर्मास्युटिकल्सको तर्फबाट कम्पनीका प्रबन्ध सञ्चालक सुर्दशनलाल श्रेष्ठ तथा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेको कम्पनीले जानकारी दिएको छ ।