लन्डन । शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको बाझाबाझपछि ह्वाइटहाउसबाट बाहिरिएका युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की बेलायत पुगेका छन् । उनले बेलायती प्रधानमन्त्री केयर स्टारमरसँग इङ्ल्यान्डको टेन डाउनिङ स्ट्रीटमा भेट गरेका छन् ।
बेलायतले युक्रेनलाई दुई दशमलव २६ बिलियन पाउन्ड ऋण दिने सम्झौता गरेको छ । सम्झौतामा बेलायती प्रधानमन्त्री स्टारमर र युक्रेनी राष्ट्रपति जेलेन्स्कीले शनिबार हस्ताक्षर गरेका छन् । यो ऋण युक्रेनको लागि आवश्यक हतियार खरिद गर्न प्रयोग गरिनेछ । यो ऋण रुसी सम्पत्तिको प्रयोग गरी चुकाइने बताइएको छ । जुन हाल जफत गरिएकोे छ ।
भेटमा प्रधानमन्त्री स्टारमरले जलेन्स्कीलाई सम्पूर्ण बेलायतको समर्थन रहेको बताए । उनले भने, ‘हामी तपाईं र युक्रेनको साथमा उभिन्छौँ, जतिसुकै समय लागे पनि ।’ यो समर्थनका लागि जेलेन्स्कीले स्टारमरलाई धन्यावाद दिएका छन् ।